Odapalika - The Fourth Estate - चौथो अंग
भोटो जात्राको अवसरमा आज उपत्यकाभर सार्वजनिक विदा

काठमाडौँ । आज उपत्यकाभर रातो मच्छिन्द्रनाथको भोटो जात्रा मनाइदैछ । जात्राको अवसरमा सरकारले उपत्यकाभर सार्वजनिक विदा दिएको छ । 

आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन परेकोले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त जात्राको अवसरमा २०८१ साउन २० गते आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ, गृहले जारी गरेको सूचनामा भनिएको छ ।

विदामा सरकारी कार्यालय, शैक्षिक संस्थालगायत विदा हुनेछन् ।
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update