Odapalika - The Fourth Estate - चौथो अंग
सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा २०० रूपैयाँले घटेको हो ।  

गएको शुक्रबार प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार २०० रूपैयाँले घटेर १ लाख ४९ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै, आइतबार तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७२५ रूपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।  

यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ७ ९५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार १० रूपैयाँले घटेर १ हजार ७८५ रूपैयाँमा कारोबार भइरहेको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update