काठमाडौं । काठमाडौं उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो जात्रा देखाउनुअघि ललितपुरको जावलाखेलमा तयारी लगभग सकिएको छ ।
आइतबार अपरान्ह ४ बजेपछि भोटो देखाइने कार्यक्रम तय भएको छ । भोटो देखाउने कार्यक्रममा राष्ट्रपतिसहित राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुनेछ । सोही अवसरमा सरकारले आइतबार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१ १२:१२
प्रतिक्रिया दिनुहोस्