Odapalika - The Fourth Estate - चौथो अंग
कर्णाली सरकारमा कांग्रेस सहभागी, चार मन्त्रीले लिए शपथ

काठमाडौँ । कर्णाली प्रदेशमा सहभागी हुँदै नेपाली कांग्रेसका चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत मन्त्रीमा विजया लामाले आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

उनीहरूले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ लिएका हुन् । कांग्रेस सरकारमा सहभागी भएपछि मुख्यमन्त्री यामलाल कँडेलले सोमबार संसदबाट विश्वासको मत लिने भएका छन् ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update