Odapalika - The Fourth Estate - चौथो अंग
प्राधिकरणको सञ्चालकमाथि ओली सरकारको ‘डण्डा’, नेकपा एस र माओवादी कोटाबाट खाएकाको जागिर चट्

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको सञ्चालकमाथि कारबाहीको ‘डण्डा’ चलाएको छ ।  

नेपाल सरकार तथा विद्युत् नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको आरोपमा सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदमुक्त गरिएको हो । 

डेडिकेटेड र ट्रंक लाइन विवादमा स्पष्टीकरण चित्तबुझ्दो नबुझाएको भन्दै यही साउन १८ गते ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरेका हुन् । 

उनीहरु नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको कोटाबाट प्राधिकरणको सञ्चालकमा नियुक्त भएका थिए ।यही १६ साउनमा दुवै जनालाई मन्त्री खड्काले स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए ।

यही साउन ७ गते प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड र ट्रंक लाइन विवादमा विद्युत् काटेका ६ उद्योगमा लाइन जोडिदिने निर्णय गर्दा पुन र आचार्यले नोट अफ डिसेन्ट लेखेका थिए ।

पदमुक्त भएको पत्र उनीहरुले आइतबार पाएका छन् । 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update