Odapalika - The Fourth Estate - चौथो अंग
कोठामा श्रीमान् मृत फेला, श्रीमतीसहित २ जना पक्राउ 

काठमाडौँ । काठमाडौँको कालोपुलस्थित एक कोठामा युवक मृत फेला परेको घटनामा मृतककी श्रीमतीसहित दुईजना पक्राउ परेका छन् । 

आइतबार बिहान ओखलढुंगाको लिखु गाउँपालिका–९ का २० वर्षीय प्रेम महत दर्जी मृत भेटिएका थिए । उनको हत्या भएको आशंकासहित मृतककी श्रीमती २४ वर्षीया उषा सार्की र ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–९ माधवपुरका २७ वर्षीय मदन रम्तेललाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ परेकामाथि अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

एक महिनादेखि प्रेम कालोपुलस्थित दयालक्ष्मी महर्जनको घरमा कोठा भाडा लिएर बस्दै आएका थिए । 
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १८:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update