Odapalika - The Fourth Estate - चौथो अंग
बर्दिबासका बालुवाघारीमा यसरी फर्किदै छ हरियाली   

महाेत्तरी । वरपर क्रसरले मरुभूमि वनाएका फाँट छन् । कतै माटो तथा बालुवा उत्खनन् गर्दा वनेका गहिरा खाल्डा त कतै गिटी र वालुवा थुपारेका पहाड ।

बर्षायाममा पनि धुलाम्ये वाटो भएर यही वाटो भएर बर्दिबासको दक्षिणी भेगमा बस्ने मानिसहरु मुख छोप्दै हिड्थे । यति बिजोग लाग्ने यो क्षेत्रमा अचेल बेग्लै चहलपहल छ । यहाँ पुगेपछि मान्छेहरु एकछिन् टक्क अडिन थालेका छन् । 

कारण हो, रातु मित्रपार्क ।  रातु नदीको किनारामा लगाइएका सयौँ जातका विरुवाहरुले अहिले हरियाली दिएका छन् । रोटरी कलव अफ बर्दिबासले झण्डै ८ बिघा क्षेत्रफलमा हरित पार्क वनाउने उद्धेश्यले लगाइएको झण्डै २ हजार ६०० भन्दा बढी बिरुवाहरु हुर्किएसँगै रातु नदीको तटिय क्षेत्र हराभरा वनेको छ ।

ratu-kinar (1)1692788332.jpg

१ वर्ष अघिसम्म वालुवा नै बालुवाका कारण उराठलाग्दो मरुभूमि देखिने यसै ठाउँ हरित सौन्दर्यमा परिणत भएसगैँ यात्रुको विश्रमास्थल बनेको स्थानीयहरु वताउँछन् ।

पुर्व रोटरी कलव अफ बर्दिबासका अध्यक्ष बिष्णु खडकाको नेतृत्वमा झण्डै १ करोड २५ लाख लगानीमा निर्माण भएको उक्त हरित पार्कको नतिजा धमाधम देखिन थालेको छ ।

त्यसो त अहिलेका अध्यक्ष कृष्ण गौतमले पनि उक्त मित्रपार्कको सौन्दर्यकरणमा निक्कै मिहिनेत गरेका छन् । ड्यामको माथीपट्टिवाट सुन्दर वाटो बनाइएको छ भने घामले बिरुवाहरु नसुकुन भनेर पानीको व्यवस्था गरिएको अध्यक्ष गौतमले जानकारी दिए ।

चारैतिर पर्खाल घेरेर वनाइएको उक्त हरितपार्कले आकार लिएसगैँ अवलोकन गर्नेहरुको संख्या समेत बढिरहेको छ । रातु मित्रपार्क मात्र हैन रोटरी क्लवले बर्दिबासलाई हरित शहरका रूपमा विकास गर्ने अवधारणा नै अगाडि बढाएको अध्यक्ष गौतम वताउँछन् । 

अहिलेसम्म झण्डै ५ हजार बिरुवा रोपेको वताउदै अध्यक्ष गौतमले मुख्य सडकको बीचमा पनि रोटरीले हरितयुक्त सौन्दर्यमा जोड दिएको वताए ।

ratu-kinar (5)1692788335.jpg

बर्दिवास चोकको पुर्व–पश्चिम राजमार्गमा देखिने हरियाली रोटरी क्लवको नै देन हो ।  नदीका किनारहरुमा क्रसर व्यवसायीहरुका कारण नदीउकास जग्गा समेत अतिक्रमण भइरहेको जनगुनासो बढिरहेको वेला रोटरी क्लवले नदीउकास जग्गालाइ हरित पार्क वनाएपछि चर्चा सुरु भएको छ ।

पछिल्लो समय होटल हवकारुपमा बिकास भएको बर्दिबासमा आउने आन्तरिक र वाहय पर्यटकका लागिसमेत यो हरितपार्क निक्कै उपयोगी सावित भएको होटल व्यवसायीहरु वताउँछन् ।

ratu-kinar (4)1692788333.jpg

 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update