Odapalika - The Fourth Estate - चौथो अंग
माैसम विभाग भन्छ: आज देशभरजसो पानी पर्छ

काठमाडौँ । आज पनि देशका कतिपय भागमा बिहानैबाट पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी तराईका भू–भागमा आंशिक बदलीदेखि मौसम  सफा रहने विभागले जनाएको छ । 

विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

राति देशभर साधारणतया बदली रहने जनाएको छ । कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ रहेको विभागले बताएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update