Odapalika - The Fourth Estate - चौथो अंग
सुनको मूल्यले बनायो हालसम्मकै उच्च रेकर्ड

काठमाडौँ। साताको दोस्रो कारोवार दिन नेपाली बजारमा सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आइतबार प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ३ सय रूपैयाँले बढेर १ लाख ५० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।  

यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर छ । आइतबार तोलामा १ हजार ७८५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि  सोही  मूल्यमा किनबेच भइरहेको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update