Odapalika - The Fourth Estate - चौथो अंग
बाग्लुङको भकुण्डेमा होमस्टे व्यवसाय तालिम 

काठमाडौँ । महिला उद्यमी महासंघको आयोजना तथा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको साझेदारीमा महिला शशक्तिकरण र उधमशिलता विकासको लागि बाग्लुङ नगरपालिका १० भकुण्डेमा १० दिने होमस्टे व्यवसाय तथा डिजिटल साक्षरता तालिम सुरु भएको छ ।

१३ वर्ष अघि स्थापना भएको अतिथि सत्कार होमस्टेले स्वदेशी तथा विदेशी पाहुनाहरुलाई मौलिक परिकार सहित सत्कार गर्दै आईरहेको व्यवस्थापन समितिका उपाध्यक्ष इन्द्रा थापाले बताए ।

बाग्लुङ घुम्न आउनेहरुको लागि भकुण्डे उत्कृष्ट गन्तव्य भएको बताउँदै वाग्लुङ वडा नं १० का वडाअध्यक्ष तिलबहादुर थापाले तालिम कार्यक्रमले सहभागीलाई  पुर्नताजगी प्रदान गर्ने विश्वास व्यक्त गरे ।

महिला उद्यमी महासंघका कार्यक्रम संयोजक भुपेन्द्र लम्सालका अनुसार तालिममा २५ जना सहभागी छन् । तालिम कार्यक्रमको उद्घाटन गर्दै महिला उद्यमी महासंघ गण्डकी प्रदेश संयोजक पार्वती पौडेल रेग्मीले सामाजिक न्याय, आर्थिक शशक्तिकरण र समावेशिताको लागि तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।

तालिममा पर्यटनविद् भुमराज तिवारी प्रशिक्षक छन् । बाग्लुङ सदरमुकामबाट दुई घण्टामा पुग्न सकिने भकुण्डे रैथाने परिकार, मगर संस्कृतिको लागि प्रख्यात छ ।
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update