Odapalika - The Fourth Estate - चौथो अंग
हैजाकाे संक्रमण बढेपछि सतर्कता अपनाउन आह्वान, सबैभन्दा बढी संक्रमित ललितपुरमा

काठमाडौं । मुलुकभर हैजा संक्रमितको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार मुलुकभर संक्रमितको सङ्ख्या २७ पुगेको हो ।  

सबैभन्दा बढीे ललितपुरमा १६ र काठमाडौंमा एक गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । 

यसैगरी कैलालीमा आठ र प्युठानमा दुई जनालाई हैजा पुष्टि भएको छ । भक्तपुर चाँगुनारायणका एक जनालाई हैजा पुष्टि भए पनि उनको ललितपुरमै गणना गरिएको छ ।

गर्मी र बर्खाको समयमा झाडापखाला, हैजा तथा पानीजन्य रोग फैलिने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह  गरेको  छ । महाशाखाले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update