Odapalika - The Fourth Estate - चौथो अंग
घटाउन आन्दोलन गरेका हर्क सम्पाङले बढाए खानेपानीको अचाक्ली मूल्य, मेयर विरुद्ध उपमेयर नै सडकमा 

काठमाडौँ । २०७७ सालमा धरानमा खानेपानीको महसुल घटाउनुपर्ने माग गर्दै आन्दोलन गर्ने हर्क साम्पाङ यतिवेला धरान उपमहानगरपालिकाको मेयर छन् । 

मेयर जित्न उनको मुख्य एजेण्डा नै धराने जनतालाई सर्वसुलभ खानेपानी दिनु थियो । निर्वाचन तिजेपछि ?मदानमार्फत खानेपानीका लागि निकै कडा मिहिनेत पनि गरे । 

तर आफैँले विगतमा गरेको अभियानविपरित उनले खानेपानीमा चर्को मुल्य बृद्धि गरेका छन् । 

मूल्य वृद्धि गरेको विरोधमा उपमेयर अइन्द्रविक्रम बेघासहित १० वटा राजनीतिक दलहरु मेयरको निर्णयविरद्ध सडकमा उत्रिएका छन् । 

उनीहरुले वढाएको महसुल फिर्ता नलिएसम्म खानेपानीको महसुल नतिर्ने घोषणा नै गरेका छन् । 

मेयर नै अध्यक्ष रहेको खानेपानी वोर्डले १ साउनदेखि लागु हुनेगरी खानेपानीमा ११ देखि ९ हजार ९०० प्रतिशतसम्म मूल्य वढाएका छन् । 

मूल्य वृद्धिपनि जनप्रतिनिधि, स्थानीय राजनीतिक दल र स्थानीयले निर्णय फिर्ता लिन ७२ घन्टे अल्टिमेटम दिएका थिए । अल्टिमेटम दिएको समयमा पनि महसुल नघटाएपछि आइतवारबाट जनप्रतिनिधि र स्थानीय दलको अगुवाइमा धरानमा आन्दोलन सुरु भएको छ । 

मेयर राईले भने आइतवार पत्रकार सम्मेलनमार्फत र सोमबार विहान फेसबुक लाइभमार्फत एसियाली विकास बैँकको ऋण तिर्न मूल्य वढाउन बाध्य भएको बताएका छन् । 

उनले ५७ करोड रुपैयाभन्दा बढी एडिवीलाई ऋण तिर्न बाँकी भएको दाबी गर्दै ऋण तिर्न सहयोग गर्नुपर्नेमा स्थानीय दलहरु बाटोमा उफ्रिरहेको बताएका छन् । 

आन्दोलनकारीले खानेपानी अफिसमा तालाबन्दी गरेर आन्दोलन गरिहेका छन् । यसलाई हर्कले अराजक कार्य भनेका छन् । 

उनले धारा जडानमा ज्यामीको खर्च, धारा जोड्नेको मूल्य वढेको, हरेक कुराको मूल्य बढेको भन्दै दाल चामलको मूल्य बढ्दा चुपचाप बस्ने दलहरु पानीको मूल्य बढ्दा कराउन आइपुगेको  बताए । 

तर आन्दोलनकारीले भने मेयरले एकलौटी ढंगले जनप्रतिनिधिसँग छलफलसमेत नगरी मूल्य बढाएको भन्दै आपत्ति जनाइरहेका छन् । 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update