Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगर प्रमुख बालेनको रिट खारेज, स्पष्टीकरण नबुझाए उडानमा प्रतिबन्ध  

काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले नेपाल नागरिक उड्ययन प्राधिरकणको निर्णयविरूद्ध दर्ता गरेको रिट खारेज गरिदिएको छ । 

कार्यक्षेत्र मिचेर एयरपोर्ट क्षेत्रमा बिजुलीका तार काटेको भन्दै प्राधिकरणले स्पष्टीकरण सोधेपछि बालेनले प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न र खारेज गरिदिन माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए । 

बुधवार उच्च अदालतका न्यायाधीशद्धय दुर्गाबहादुर विश्वकर्मा र रमेश ढकालको संयुक्त इजलासले रिट खारेज गरेसँगै बालेनले प्राधिकरणलाई स्पष्टीकरण बुझाउनै पर्ने भएको छ ।  प्राधिकरणले गत १ असारमा बालेनसहित ३ जनालाई स्पष्टीकरण सोधेको थियो । 

हेर्नुहोस् स्पष्टीकरण 

pradhikaran1692793172.jpg

प्राधिकरणको यही कदमविरूद्ध बालेनले रिट दायर गरेका थिए । तर रिट खारेज भएपछि अब उनले प्राधिकरणलाई स्पष्टीकरण वुझाउनै पर्ने भएको छ । 

उनले स्पष्टीकरण नबुझाए नागरिक उड्ययन प्राधिकरण ऐनको दफा ५१ (१) अनुसार ५० हजार रुपैयाँसम्म जरिमाना हुनेछ । उनले यो जरिमाना तिरेनन् भने उडानमा प्रतिवन्ध लगाउन सक्ने प्राधिकरण ऐनमै व्यवस्था गरिएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update