Odapalika - The Fourth Estate - चौथो अंग
भोलि र पर्सी देशभर वर्षा, ३६ जिल्ला उच्च जोखिममा (सूचीसहित)

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मंगलबार र बुधबार देशभर वर्षा हुने जनाएको छ ।

सोमबार विशेष बुलेटिन जारी गर्दै महाशाखाले दुई दिन देशभर वर्षा हुने भन्दै उच्च जोखिम, मध्यम जोखिम र निम्न जोखिम जिल्लाहरूको नाम सार्वजनिक गरेको छ । 

मनसुन न्यूनचापीय  रेखा नेपालनजिक सर्ने सम्भावना देखिएकाले मनसुन सक्रिय हुने र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार कोशी प्रदेशका चार, बागमतीका ६, गण्डकीको १०, लुम्बिनीको ११ र सुदूरपश्चिमका पाँच जिल्ला उच्च जोखिममा रहेका छन् । 

water2024-08-05-11-58-03-1722841885.jpeg
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update