Odapalika - The Fourth Estate - चौथो अंग
वीरगञ्ज महानगरले पारिश्रमिक र सुविधामा मात्र एक अर्ब सक्यो 

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाले पाश्रिमिक र सुविधामा मात्र करिब एक अर्ब रुपैयाँ सकेको छ । 

आर्थिक वर्ष २०७९/०८० मा वीरगञ्जले पारिश्रमिक र सुविधामा मात्र ९९ करोड ८९ लाख ५३२ रुपैयाँ खर्च गरेको महालेखापरीक्षक कार्यालयको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । 

यो अघिल्लो आर्थिक वर्ष तुलनामा १८ करोड ४० लाखभन्दा बढी हो । २०७८/७९ मा पारिश्रमिक र सुविधामा ८१ करोड ४८ लाख ४० हजार ५२८ रुपैयाँ पारिश्रमिक र सुविधामा खर्च भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update