Odapalika - The Fourth Estate - चौथो अंग
रास्वपा सांसद सोविता गौतममाथि दुर्व्यवहार

काठमाडौँ । रास्वपा सांसद सोविता गौतमले आफूमाथि सार्वजनिकस्थलमा दुर्व्यवहार भएको बताएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले आफूमाथि भएको दुर्व्यवहारबारे जानकारी गराउँदै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

आइतबार आफ्नो निर्वाचन क्षेत्रमा बाढीपहिरोबाट भएका क्षति र नागरिकको अवस्थाबारे जानकारी दिन जाँदा कागेश्वरी मनोहरा नगरपालिका–६, मनकामना टोलनजिक आफूमाथि दुर्व्यवहार भएको उनले बताइन् । 

‘१५–२० जना साथीहरू जम्मा हुनुभएको थियो । ती साथीहरू सामान्य अवस्थामा हुनुहुन्न थियो । कोही गाँजाको नशाामा लट्ठ हुनुहुन्थ्यो । कोही रक्सीले मात्तिएको, कोही सामान्य अवस्थामा पनि हुनुहुन्थ्यो । एकाएक घेर्न थाल्नुभयो । तपाईंहरू बुढोमान्छेले बोलाएको ठाउँँमा मात्रै जाने ? भनेर प्रश्न गर्न थाल्नुभयो,’ उनले आफूमाथि भएको दुर्व्यवहारबारे जानकारी गराउँदै भनिन् । 

सुरक्षा चुनौती भएपछि आफू चिया पसलमा पुगेको भन्दै उनले भनिन्, ‘मलाई दुर्व्यवहार नै गर्ने शैलीले उहाँहरू त्यहाँ जम्मा हुनुभएको थियो ।’ 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १४:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update