Odapalika - The Fourth Estate - चौथो अंग
सिनामंगलको सिटी होटलमा आगलागी

काठमाडौँ । काठमाडौंको सिनामंगलस्थित सिटी होटलमा आगो लागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने प्रवेशद्वार अगाडि रहेको सो होटेलमा आगो लागेको हो । 

दमकलको सहयोगमा सुरक्षाकर्मी, सर्वसाधारणले निभाएका छन् । नेपाल आयल निगम, विमानस्थल र काठमाडौं महानगरका दमकलको प्रयोग गरेर आगो निभाइएको छ । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन। 
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update