Odapalika - The Fourth Estate - चौथो अंग
आन्दोलन चर्किएपछि बंगलादेशकी प्रधानमन्त्री हसिनाले देश छाडेर भागिन्

काठमाडौँ । आन्दोलन चर्किँदै गएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेर भागेकी छन् । आइतबारबाट आन्दोलन हिंसात्मक हुँदै गएपछि सोमबार प्रधानमन्त्री हसिना देश छाडेर भागेकी हुन् । उनी सवार हेलिकप्टर भारततर्फ उडेको बीबीसीले जनाएको छ । 

केही दिन मत्थर भएको सरकारविरोधी आन्दोलन आइतबारबाट पुनः चर्किएपछि प्रधानमन्त्री हसिनाले देश नै छाडेर भागेकी हुन् । 

आइतबार बंगलादेशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा ९६ जनाको मृत्यु भएको थियो । 

सोमबार करिब चार लाख मानिस सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सोही क्रममा ढाकामा ६ जनाको मृत्यु भएको छ । 

विजयीभावमा उत्सव मनाइरहेका प्रदर्शनकारी प्रधानमन्त्री निवासमा भिड जम्मा भएका छन् । 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update