Odapalika - The Fourth Estate - चौथो अंग
नेप्से ४०.७६ अंकले बढ्यो, २१ अर्ब ८६ करोडको कारोबार

काठमाडौँ । नेप्से परिसूचक सोमबार ४०.७६ अंकले बढेको छ । नेप्से १.४७ प्रतिशतले बढेर २७९६.३८ को विन्दुमा पुगेको हो ।

यसदिन ४९ करोड ७७ लाख ३ हजार ७३० कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार २७७ रुपैयाँको  कारोबार भएको छ ।

सोमबार १६३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ को सेयर मूल्य घट्दा एकको स्थिर छ ।

विभिन्न आठवटा हाइड्रो पावर कम्पनीको सर्वाधिक १० प्रतिशत सेयर मूल्य बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update