Odapalika - The Fourth Estate - चौथो अंग
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहले लिए शपथ 

कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

आइतबार एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहको यो दोस्रोपटक सत्तारोहण हो । य

२०७९ माघ २६ मा मुख्यमन्त्री बनेका शाहले राजनीतिक समीकरण फेरिएपछि गत २२ चैतमा पदबाट राजीनामा दिएका थिए । अहिले पनि केन्द्रीय राजनीतिमा आएको समीकरण परिवर्तनसँगै उनी मुख्यमन्त्री बनेका हुन् । 

सोमबार नै नेपाली कांग्रेसका दुई, एमालेबाट तीन र नागरिक उन्मुक्ति पार्टीबाट एकजनाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  

कांग्रेसका मेघराज खड्काले सामाजिक विकास मन्त्री, बहादुरसिंह थापाले आर्थिक मामिला मन्त्री, एमालेका सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार विकास मन्त्री, हिरा सार्की आन्तरिक मामिला तथा काननु मन्त्री र वीरबहादुर थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको शपथ लिएका छन् ।

कांग्रेसकी सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री, प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री र एमालेकी निर्मलादेवी साउँद भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन् ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update