Odapalika - The Fourth Estate - चौथो अंग
सम्पत्ति, शेयर, शक्ति र भ्रमणबारे यस्तो छ आज तपाईंको योग 

आजको पञ्चाङ्ग

तिथिः द्धितीया । नक्षत्रः मघा । करणः तैतिल । चन्द्रराशिः सिंह । सूर्योदयः ५ः ३० । सूर्यास्तः १८ः ४७ । दिनमानः ३३ः १३ घडी । राहुकालः बेलुका ३ः ०० देखि ४ः ३० सम्म ।

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ )

आजको दिन अनुकूल भएकोले काम पूरा हुनेछ । रमाइलोसँग धार्मिक यात्रा हुनेछ । भाग्यले साथ दिएकोले काम बन्नेछ ।

वृष (इ उ ए ओ बा बि बु बे बो )

सवारी साधन तथा भूमि प्राप्तिको योग छ । साथीहरुसँगको मनोरञ्जनमा दिन बित्नेछ । कर्मक्षेत्रमा आएको समस्या समाधान हुनेछ ।  

मिथुन (का कि कु घ ङ छ के को ह )

तपाईंको आज आय आर्जनको दिन रहेका छ । अचानक धन प्राप्ति हुने देखिन्छ । पराक्रम बढ्नेछ । स्वास्थ मजबूत रहनेछ ।

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

आज अचानक धनखर्च हुनेछ । गरेको कामबाट जस पाइँदैन । यात्रामा समय खर्चिनु पर्नेछ । अरुको नकारात्मक कुराले मन दुखित होला ।

सिंह ( मा मि मु मे मो टा टि टु टे )

सामाजिक कार्यमा संलग्न भइनेछ । जोश जाँगरले कठिन काम सजिलै बन्नेछ । अरुलाई प्रभावमा राख्न सकिनेछ ।

कन्या ( टो प पि पु ष ण ठ पे पो )

तपाईँको बोलीको सम्मान हुने देखिन्छ । गरेको कामले पूर्ण सन्तुष्टि दिनेछ । मनोरञ्जनपूर्ण र रमाइलो दिन हुनेछ

तुला (र रि रु रे रो ता ति तु ते)

आजको दिन आयआर्जनको सुनौलो दिन रहनेछ । कुनै सामान प्राप्त हुनेछ । आजको यात्रामा सुखद हुनेछ । पराक्रम बढ्नेछ । 

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

गरेको कामको जश पाइँदैन । पैसाको कारण वादविवाद होला । लेनदेनको कारण तनाव हुनेछ । खर्च बढ्नेछ । कुनै वस्तुको किनमेल हुनेछ ।

धनु ( ये यो भा भि भु ध फा ढा भे )

समय भाग्योदयको रहेकाले काम बन्नेछन् । आजको कारोबारले सन्तुष्ट दिने देखिन्छ । शत्रुपक्ष निर्बल देखिनेछन् । विद्यामा सफलता पाइनेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

आज गरेको कामले सफलता पाउन कठिन छ । सामान गुमाउन सकिनेछ । निकै सोचविचार गरेर मात्र काम गर्नुहोला ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

आज जीवनोपयोगी सामानको खरिद हुनेछ । महत्वपूर्ण कार्य बन्नेछन् । मन उत्साहितहुनेछ । परिवारबाट खुसी हुने देखिन्छ । 

मीन (दि दु थ झ ञ दे दो चा ची ) 

जुन कुरामा पनि शत्रुसँग विवाद हुनसक्छ । पराक्रम घट्नेछ । धैर्यताको साथ लिएर काम गर्नुहोला । स्वस्थ्यमा गडबढी हुनेछ ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update