Odapalika - The Fourth Estate - चौथो अंग
डेङ्गीबाट एकजनाको मृत्यु, ३० जनामा हैजा पुष्टि

काठमाडौँ । देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले डेङ्गीबाट एकजनाको मृत्यु भएको म‌ंगलबार जनाएको हो ।

 गत पुसदेखि हालसम्म देशभर दुई हजार ३६५ जनाबाट सङ्क्रमित छन् । डेङ्गी सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । कोशी प्रदेशमा ५३७, मधेसमा ४६, बागमतीमा ७४७, गण्डकीमा ५०८, लुम्बिनीमा २४७, कर्णालीमा ३८ र सुदूरपश्चिममा २४२ जना सङ्क्रमित भएका हुन् । काठमाडौँ उपत्यकामा २८७, कास्कीमा १३७,  झापामा १३३, चितवनमा ११६ र तनहुँमा ११० जना सङ्क्रमित छन् ।

 त्यसैगरी, हैजा सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । देशभर ३० जनामा हैजा पुष्टि भएको इडिसिडीले जनाएको हो । हालसम्म हैजाबाट कसैको पनि मृत्यु भएको छैन । 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update