Odapalika - The Fourth Estate - चौथो अंग
घर जोगाउन खोज्दा १५ वर्षीय विधानकै ज्यान रहेन, पहिरोमा पुरिएर ५ जनाको मृत्यु 

काडमाडौं । लगातारको वर्षापछि खसेको पहिरोमा परेर गुल्मी र बागलुङमा गरी पाँचजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गुल्मीमा चारजना र बागलुङमा एकजनाको मृत्यु भएको हो । 

गुल्मीको मुसिकोट नगरपालिका–१ बिसौना कटौजेमा पहिरोले २ घर बगाउँदा चारजनाजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा वर्ष ४६ का गोरे विक, वर्ष ६७ का हुकुमबहादुर विक, वर्ष ६६ को मसुरी विक र साढे २ वर्षको रियान्सी विकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुईजनाको घाइते अवस्थामा उद्धार गरिएको र थप उद्धार कार्य कार्य जारी रहेको प्रहरी चौकी पौंदी अमराईले जनाएको छ । 

उता बागलुङको बडिगाडमा घर जोगाउन खोज्दा एक किशोरको माथिबाट आएको पहिरोले पुरिएर ज्यान गएको छ । बडिगाड गाउँपालिका–९ नयाँबस्ती बलघासमा पहिरोले पुर्दा १५ वर्षीय विधान परियारको मृत्यु भएको हो । घर जोगाउनका लागि भल पन्छाउने क्रममा माथिबाट आएको पहिरोले पुरिएर उनको मृत्यु भएको हो । 

परियारको शव निकालेर पोष्टमार्टमका लागि बुर्तिवाङ स्वास्थ्य केन्द्रमा पठाइएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update