Odapalika - The Fourth Estate - चौथो अंग
शसस्त्रको २ नम्बर गण झापाले समात्यो भन्सार छलीका सामान 

काठमाडौँ । शसस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस टिमाइबाट खटिएको टोलीले अबैध रुपमा नेपाल ल्याइएको लत्ता कपडा बरामद गरेको छ । 

बेस टिमाइबाट शसस्त्र प्रहरी नायव निरीक्षक विजय नुनिया महताको कमाण्डमा खटिएको टोलीले वुद्धशान्ति गाउँपालिका ७ सुनमाइबाट चिया बगानभित्र लुकाइराखेको अवस्थामा १० लाख रुपैयाँ बरावरको भन्सार छलि गरेर ल्याइएका लत्ता कपडा बरामद गरेको शसस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाका सूचना अधिकारी सुमन पोख्रेलले जानकारी दिए । 

उनका अनुसार सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट शशस्त्र प्रहरी नायवउपरीक्षक लोकेन्द्र उप्रेतीको कमाण्डमा खटिएको टोलीले मेचीनगर ६ बसपार्क इलाकाबाट पनि अवैध सामान बरामद गरेको छ । 

सो टोलीले अन्दाजी २ लाख ५० हजार रुपैयाँ बराबरको भन्सार छलि गरेर ल्याएका लत्ता कपडा बरामद गरेको हो । 

बरामद गरिएका लत्ताकपडाहरु थप कारवाहीका लागि भन्सारमा वुझाउने प्रकृयामा रहेको शसस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाका सूचना अधिकारी सुमन पोख्रेलले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update