Odapalika - The Fourth Estate - चौथो अंग
बडिगाड पहिरोः घाइते सबैको हेलिकोप्टरबाट उद्धार, ४ जना अझै बेपत्ता 

काठमाडौँ । बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार खसेको पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका सबैको उद्धार भएको छ । उनीहरूलाई केहीबेर अघि हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ । 

बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी माया थापाका अनुसार पहिरोमा फसेका ३ जनाको हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँको टिचिङ अस्पतालमा उपचारका लागि ल्याइएको हो । 

स्थानीय जोगबहादुर बुढाको घर मङ्गलबार बिहान पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । ४ जना अझै बेपत्ता छन् । प्रतिकूल मौसमका कारण घाइतेलाई स्वास्थ्य संस्था पुर्‍याउन सकिएको थिएन । नेपाली सेनाका स्वास्थ्यकर्र्मीले उनीहरूको  उपचार गरेका थिए । 

अध्यक्षकाअनुसार अन्य घाइतेलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको छ ।


यसैबीच, मंगलबार नै गएको पहिरोमा परेर वडा नम्बर ९ मा १५ वर्षीय विधान परियार र गंगा विकको मृत्यु भएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update