Odapalika - The Fourth Estate - चौथो अंग
नेपाल–भारतबीचको फाइनल खेल हेर्न प्रधानमन्त्री रंगशाला जाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि हुने नेपाल र भारतबीचको खेल हेर्ने भएका छन् । 

बुधबार साँझ ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री ओली त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हल जाने भएका हुन्।

इरानलाई हराएर नेपाल फाइनल प्रवेश गरेको हो भने भारत श्रीलंकालाई हराउँदै फाइनलमा पुगेको थियो। यसअघि नेपालले समूह चरणमा भारतमाथि ३–२ को जित निकालेको थियो। 
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update