Odapalika - The Fourth Estate - चौथो अंग
मुख्यमन्त्रीले लिएको विश्वासको मतको बैधानिकता परीक्षण आज 

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा विरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा आज सुनवाइ हुँदैछ ।

सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै दायर गरिएको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

कोशी सरकारका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा आज नै सुनुवाइ गर्ने गरी पेशी तोकेको छ ।

बुधवार नेता कार्कीले प्रदेशसभाका सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दैे परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

यो रिटमा अन्तरिम आदेश जारी भए कोशीको राजनीतिक कोर्ष नयाँ मोडतर्फ धकेलिने छ भने अन्तरिम आदेश जारी नभए कार्कीले निरन्तर मुख्यमन्त्रीका रुपमा काम गरिरहन पाउने छन् । 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update