Odapalika - The Fourth Estate - चौथो अंग
रसुवाका लागि उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटना 
फाइल तस्बिर

काठमाडौं । काठमाडौँबाट रसुवाका लागि उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटनामा परेको छ । 

रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको दर्ता नम्बर ९एन–एजेडी हेलिकप्टर शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौर क्षेत्रमा खसेको बताइएको छ ।

‘सूर्यचौर क्षेत्रमा हेलिकप्टर खसेको भन्ने खबर आएको छ । यसबारे प्रहरीसँग सम्पर्क गरिरहेको छ,’ शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले वडापालिकालाई जानकारी दिए । 

बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको भनिएको सो हेलिकप्टरमा कति यात्रु सवार थिए भन्नेबारे खुलिसकेको छैन । थप  विवरण आउन बाँकी छ । 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update