Odapalika - The Fourth Estate - चौथो अंग
दुर्घटनाग्रस्त हेलिकप्टरमा पाँचजना सवार रहेको खुल्यो, चारजना चिनियाँ नागरिक 

काठमाडौं । काठमाडौंबाट रसुवाका लागि उडेको दुर्घटनाग्रस्त एयर डाइनेस्टीको हेलिकप्टरमा पाँचजना सवार रहेको खुलेको छ । 

बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको दर्ता नम्बर ९एन–एजेडी हेलिकप्टर शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौर क्षेत्रमा खसेको थियो । 

सो हेलिकप्टरमा पाइलट अरुण मल्लसहित पाँचजना सवार रहेको खुलेको छ । जसमध्ये चारजना चिनियाँ नागरिक रहेका छन् । 

घटनास्थलमा सुरक्षाकर्मी पुगिसकेका छन् । नेपाली सेनाको उद्धार टोली पनि घटनास्थलतर्फ जाँदै छ ।

heli-crash-1723024221.jpg
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update