Odapalika - The Fourth Estate - चौथो अंग
नेप्से १०८ अंकले बढ्यो, १७ अर्ब ९५ करोडको कारोबार

काठमाडौं । नेप्से परिसूचक १०८ अंकले वृद्धि भएको छ । बुधबार १०८.३५ अंक बढेको सेयर बजार २७५९.६७ अंकमा पुगेर बन्द भएको छ । 

यस दिन ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता सेयर किनबेच हुँदा १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६२७ रुपैयाँ कारोबार भएको छ । 

यसदिन २३९ कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको घटेको छ । 

सोमबार १४५ अंक घटेको सेयर बजारमा बुधबार भने हरियाली छाएको हो । नेप्सेसूचक बढेको भए पनि कारोबार रकम भने घटेको छ । सोमबार २३ अर्ब ७१ करोडभन्दा बढीको कारोबार भएको थियो । 

बुधबार बोटलर्स नेपाल बालाजु, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, मैलुङखोला जलविद्युत्, दोल्ती पावर, सिटी होटल, हिमालयन रिइन्स्योरेन्स तथा सेन्ट्रल फाइनान्स, कुथेली बुकरी स्मल हाइड्रोपावर, साइन रेसुङ्गा विकास बैंक, मकर जितुमाया हाइड्रोपावर तथा एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर मूल्य ९.९ देखि १० प्रतिशतसम्म बढेको छ । 

सानिमा बैंक डिवेन्चरको १० प्रतिशतलेसेयर मूल्य घटेको छ। 
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update