Odapalika - The Fourth Estate - चौथो अंग
नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार पाँचजनाकै मृत्यु (भिडियोसहित)

काठमाडौँ । काठमाडौंबाट रसुवाका लागि उडेको दुर्घटनाग्रस्त एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचजनाकै मृत्यु भएको छ । 

बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको दर्ता नम्बर ९एन–एजेडी हेलिकप्टर शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौर क्षेत्रमा खसेको थियो । 

heli-1723027246.jpg
दुर्घटनाग्रस्त हेलिकप्टर

सो हेलिकप्टरमा पाइलट अरुण मल्लसहित पाँचजना सवार थिए । उनीहरु सबैको मृत्यु भएको हो । जसमध्ये चारजना चिनियाँ नागरिक परेका छन् । 

दुर्घटनास्थलबाटै पाँचैजनाको शव निकालिएको र जसमध्ये एक महिला र चार पुरुष रहेका छन् । दुर्घटनाको कारण खुलिसकेको छैन भने हेलिकप्टर खसेको स्थानमा आगो बलेको भिडियो सार्वजनिक भएको छ । 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १६:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update