Odapalika - The Fourth Estate - चौथो अंग
पालिकाका करारका कर्मचारीको महंगी भत्ता काटिएकोमा मेयरहरुको आपत्ति, भन्यो: तुरुन्त दिइयोस् 

काठमाडौँ । उपत्यका मेयर फोरमले स्थानीय तहमा कार्यरत करारका कर्मचारीको महंगी भत्ता कटौती भएकोप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । 

प्रधानमन्त्रीलाई भेट्न वुधवार सिंहदरवार पुगेको मेयर्स फोरममा पदाधिकारीले स्थानीय तहमा कार्यरत करारका कर्मचारीलाई दिइदै आएको मासिक २ हजार रुपैयाँ नियमित गर्न भनेको हो । 

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षबाट करारका कर्मचारीलाई दिइदै आएको मासिक २ हजार रुपैयाँ भत्ता कटौती गरेको थियो । 

अर्थ मन्त्रालयको यो निर्णयले तल्लो तहमा कार्यरत कर्मचारीलाई मर्का परेको भन्दै निर्णय फिर्ता लिन प्रधानमन्त्रीलाई आग्रह गरेको फोरमका अध्यक्ष चिरिबाबु महर्जनले जानकारी दिए । 

उनका अनुसार हाकिमले महंगी भत्ता पाउने तर उनका सहयोगीको कटौती हुने कार्यले कार्यसम्पादनमा गम्भीर असर पर्ने भन्दै अर्थ मन्त्रालयको बजेट कटौती गर्ने निर्णय फिर्ता लिन भनिएको हो ।
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update