Odapalika - The Fourth Estate - चौथो अंग
हेलिकप्टर दुर्घटनाको छानबिन गर्न आयोग गठन 
फाइल तस्बिर

काठमाडौँ । सरकारले बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँच आयोग गठन गरेको छ । 

बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको दर्ता नम्बर ९एन–एजेडी हेलिकप्टर शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौर क्षेत्रमा खसेको थियो । सो घटनामा पाँचजनाको मृत्यु भएको छ । 

दुर्घटनापछि बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग बनाएको हो ।

आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । आयोगलाई काम सुरु गरेको मितिले ३० दिन समय दिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री  पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १८:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update