Odapalika - The Fourth Estate - चौथो अंग
कार्यसम्पादनमा सबैभन्दा अब्बल रुपन्देही, तपाईंको जिल्लाको सिडिओ अफिसले कति नम्बर ल्यायो ?

काठमाडौँ । गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुको कार्यसम्पादन मूल्यांकन नतिजा सार्वजनिक गरेको छ । मन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकन सम्झौताका आधारमा नतिजा सार्वजनिक गरिएको हो ।

मन्त्रालयले गत आर्थिक वर्षको सम्झौताका आधारमा नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक भएको नतिजा अनुसार रुपन्देही जिल्ला प्रशासन कार्यालय प्रथम भएको छ । सो कार्यालयले १०० पूर्णांकमा ९८ अंक प्राप्त गरेको गृहमन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार दोस्रो स्थानमा पाल्पा र तेस्रोमा बाग्लुङ जिल्ला प्रशासन कार्यालय परेका छन् । यी कार्यालयहरुले क्रमशः ९७.७५ र ९७.६३ अंक प्राप्त गरेका छन् ।

कार्यसम्पादनमा सबैभन्दा कम अंक भने धनुष जिल्ला प्रशासन कार्यालयले ल्याएको छ । सो जिल्ला प्रशासन कार्यालय ७७औं स्थानमा छ । धनुषा जिल्ला प्रशासन कार्यालयले ७६.२५ अंक ल्याएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update