Odapalika - The Fourth Estate - चौथो अंग
अध्यादेशबाट बजेट ल्याउन मध्यरातमा संसद अधिवेशन अन्त्य 

विराटनगर । सर्वोच्च अदालतमा विश्वासको मतको बैधानिकता परीक्षण भइरहेको बेला मुख्यमन्त्री उद्धव थापाको शिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश अधिवेशन अन्त्य गरिदिएका छन् । 

बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले जारी हिउँदे अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको थियो । सरकारको सिफारिसमा प्रदेश प्रमुख खापुङ्ले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश सरकारले तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट ल्याएको बजेटलाई निस्क्रिय बनाएर पुन अध्यादेशबाट बजेट ल्याउनका अधिवेशन अन्त्य गरिएको हो । 

२३ जेठमा कार्कीले पनि अध्यादेशबाटै बजेट ल्याएका थिए ।१४ असारमा अध्यादेश संसदमा टेवल भएकोमा यो अध्यादेश  १०  भदौमा निष्क्रिय हुँदै छ ।  संसद नभएको अवस्थामा ल्याइने अध्यादेशलाई संसद सुरु भएको ६० दिनभित्र पास नगरे स्वत निष्कृय हुने कानुन छ । 

बुधबार बसेको प्रदेशसभा बैठकमा एमाले र राप्रपाले बहिष्कार गरेका थिए ।  बैठक बस्न नसकेपछि मुख्यमन्त्री उद्धव थापाले दलहरुबीच सहमति भए एकैदिनमा बजेट पास हुने बताएका थिए । तर, तत्काल सहमति सम्भावना नरहेका कारण सरकारले पुन अध्यादेशको बाटो रोजेको  कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतमले बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update