Odapalika - The Fourth Estate - चौथो अंग
नाग पञ्चमी मनाउन स्थानीय तहले दियाे भोलि सार्वजनिक बिदा 

काठमाडौँ । कैलालीको भजनी नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ । 

नगरपालिकाले बिहीबार जारी गरेको सूचनाअनुसार शुक्रबार विभिन्न पर्व र दिवस परेकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । 

‘हिन्दुहरूको महान पर्व नाग पञ्चमी/थारु समुदायको पहिलो पर्व गुरिया/कठरिया थारु समुदायको पचैईया एवं अन्तर्राष्ट्रिय आदीवासी दिवसको अवसरमा सम्पूर्ण नगरवासीहरुमा हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्दै यस भजनी नगरपालिका नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु तथा विद्यालयहरुमा मिति २०८१/०४/२५ गते स्थानीय बिदा गरिएको व्यहोरा सम्बन्धित ’सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा उल्लेख छ । 

454658266_1660377194802859_6345641555234522922_n-1723108017.jpg
 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update