Odapalika - The Fourth Estate - चौथो अंग
कुलमानले पिकअप भ्यान बुक गरेर लेखा समितिमा पठाएको ५० हजार पाना कागजमा के छ ?

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन मार्फत विद्युत प्रयोग गरेका सबै उद्योगको विवरण संसदको सार्वजनिक लेखा समितिलाई बुझाएको छ ।

प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेका ६१ उद्योगको विस्तृत विवरण समितिमा बुझाएको हो । आज अपरान्ह प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले समितिलाई सो कागजात बुझाएका प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले जानकारी दिए ।

प्राधिकरणले बुझाएको कागजात करिब ५० हजार पाना (१ लाख पेज) रहेको प्राधिकरणले जानकारी दिएको छ ।

ती कागजात समितिमा पठाउनको लागि पिकअप भ्यान नै बुक गरिएको थियो । प्राधिकरणको अफिस रत्नपार्कबाट पिकअपमा राखेर ती कागजात सिंहदरबारमा रहेको समितिको कार्यालयमा बुझाइएको छ । 

‘आज अपरान्ह विवरण बुझाएका छौं । समितिबाट माग भए अनुसारको विवरण बुझाइएको छ,’ प्रवक्ता घोषले वडापालिकासँग भने ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update