Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरपालिकाद्वारा येँया ११४४ मुल समारोह समिति गठन 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्पदा तथा पर्यटन समितिलाई येँयाः ११४४ (इन्द्रजात्रा) इन्द्रजात्रा मुल समारोह समितिको जिम्मेवारी दिइएको छ ।

बिहीबार महानगर प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको बैठकले जात्रा सञ्चालन व्यवस्थापनका विषयमा छलफल गर्दै समिति गठन गर्ने निर्णय गरेको हो । जसअनुसार सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको संयोजकत्वमा मुल समारोह समिति गठन भएको छ ।

मूल समारोह समितिका सदस्यहरुमा सम्पदा तथा पर्यटन समितिका सदस्यहरु छन् । सदस्य सचिव विभागका प्रमुख कुमारी राई छन् । 

समिति गठनपछिको समितिका संयोजक आशामान संगतले  यसपटक कुमारी रथयात्राका दिन उपत्यका पालिकाहरुका प्रमुख उपप्रमुख, विभिन्न खेलबाट ख्याती कमाएका खेलाडी, कला क्षेत्रबाट कलाकारसहितका व्यक्तित्वहरुलाई नेवा भ्वः (नेवारी भोज) का लागि आमन्त्रण गरिने जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update