Odapalika - The Fourth Estate - चौथो अंग
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा (आज) शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १५ सय रूपैयाँले बढेको हो । 

बिहीबार प्रतितोला १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १५ सय रूपैयाँले बढेर १ लाख ४८ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ ।  

यसैगरी,आज चाँदीको मूल्य  पनि बढेको छ । बिहीबार तोलामा १ हजार ६९० रूपैयाँमा कारोबार भएको चाँदी आज ४० रूपैयाँले बढेर १ हजार ७३० रूपैयाँमा कारोबार भइरहेको  छ ।  
 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update