Odapalika - The Fourth Estate - चौथो अंग
पूर्वाञ्चल विश्वविद्यालयको चरम लापरवाही, ९ विषय पढाउने ५ विषयको मात्रै परीक्षा लिने ?

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयले परीक्षामा चरम लापरवाही गरेको पाइएको छ । विश्वविद्यालयले कला संकायमा ९ वटा विषयमा पढाउने गरेको भएपनि ५ वटा विषयमा मात्रै परीक्षा लिन परीक्षा तालिका सार्वजनिक गरेको छ ।

विश्वविद्यालयले साउन २३ गते कला संकाय अन्तरगतको चौथो संकायको परीक्षा तालिका सार्वजनिक गरेको छ । सो तालिकामा जम्मा ५ विषयको मात्रै परीक्षा तालिका छ ।

purwanchal1-1723184038.jpg
तर, विश्वविद्यालयले सार्वजनिक गरेको सिलेवसमा भने सो सेमेस्टरमा विद्यार्थीले ९ विषय अध्ययन गर्न पाइने उल्लेख छ । परीक्षा दिनको लागि जम्मा ५ विषयको मात्रै तालिका सार्वजनिक गरेर चरम लापरवाही गरेको पाइएको हो ।

purwanchal-1723184065.jpg
यो विषयमा जानकारी लिन पूर्वाञ्चल विश्वविद्यालयमा सम्पर्क गरिएको थियो । विश्वविद्यालयको वेबसाइटमा सो विश्वविद्यालयका पदाधिकारीको नाम पनि उल्लेख गरिएको छैन भने सुचना अधिकारीको नाम र सम्पर्क नम्बर पनि छैन । राष्ट्रिय सुचना आयोगले सार्वजनिक निकायहरुलाई सुचना अधिकारीको नाम र सम्पर्क नम्बर अनिवार्य राख्न भने पनि पूर्वाञ्चल विश्वविद्यालयले सो व्यवस्थाको पनि उल्लघन गरेको छ । 

यद्यपि, सो परीक्षा तालिकाको विषयमा विश्वविद्यालयमा फोन गर्दा एक व्यक्तिले फोन भने उठाएका थिए । उनले परीक्षा तालिकाको बारेमा वडापालिकाको प्रश्नमा अब आइतबारमात्रै बुझ्न सकिने भन्दै फोन राखिदिए ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update