Odapalika - The Fourth Estate - चौथो अंग
विद्युत् प्राधिकरणले आईपीओ जारी गर्ने 

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आईपीओ जारी गर्ने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको कुल पुँजीको १० आईपीओ चाँडै नै जारी गर्ने जानकारी दिएका हुन् । 

उनका अनुसार आईपीओबाट संकलन भएको रकम ठूला जलविद्युतमा लगानी गरिनेछ । 

प्राधिकरणले बर्सेनि १३ अर्ब रुपैयाँको विद्युत चुहावट नियन्त्रण गर्दै आएको उनले जानकारी दिए । आन्तरिक उत्पादन वृद्धि र अन्य आम्दानी गरी खुद मुनाफा बढेको उनले बताए ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update