Odapalika - The Fourth Estate - चौथो अंग
१ महिना एमालेले बैठक बस्न दिएन, बैठक चलेपछि मन्त्रीको उपस्थिति निल

काठमाडौँ । एमालेले लगातार १ महिना अवरोध गरेपछि २ वुँदे दलीय सहमतिसँगै खुलेको संसदमा मन्त्री नै उपस्थित भएनन् । 

संसद खुलेपछि दोस्रो दिन बसेको प्रतिनिधिसभा बैठकमा १ जना पनि मन्त्री उपस्थित नभएपछि एमाललेले आपत्ति जनाएको छ । 

नेकपा एमालले प्रतिनिधि सभाको बैठकमा सरकारको उपस्थिति नभएको भन्दै आपत्ति जनाएको हो । 

एमाले सांसद सुर्य थापाले, २५ जनाको मन्त्री मण्डलका एक जना सदस्य समेत  सदनमा उपस्थित नभएको भन्दै आपत्ति जनाए । थापाले सरकार हराएको भन्दै खोजी गर्न सरकारको ध्यानाकर्षण गराए । 

उनले भने ‘यो सरकार हरायो सभामुख महोदय सरकारको खोजि गरि पाउँ, मन्त्रीहरु बेगर यो सदनको कारबाही अगाडी बढ्न सक्दैन । प्रधानमन्त्री र २५ जना मन्त्रीहरु मध्ये १ जाना पनि यहाँ हुनुहुन्न । यो घनघोर अन्याय हो । यो सदनको अपमान हो ।’ सदनमा १ जना पनि मन्त्री नहुनु सदनको अपमान भएको उनको भनाई छ । 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update