Odapalika - The Fourth Estate - चौथो अंग
आजको मौसमः मधेशलाई राहत, अन्य प्रदेशको अवस्था कस्तो? 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज मधेशबाहेकका ६ वटै प्रदेशमा पानी पर्ने सम्भावना रहेको बताएको छ । 

विभागका अनुसार कतिपय प्रदेशमा बिहानैदेखि पानी परिरहेकाले सतर्कता अपनाउनुपर्नेछ । किनकी आज  देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । 

विभागका अनुसार कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 
 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  ०६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update