Odapalika - The Fourth Estate - चौथो अंग
मेषको घुमाघाम गतिलो, मिथुनलाई पाहुना लाग्न सजिलो, १० राशिलाई कस्तो ? 

आजको पञ्चाङ्ग 

तिथिः षष्ठी । नक्षत्रः चित्रा । करणः कौलव । चन्द्रराशिः कन्या । सूर्योदयः ५ः ३२ । सूर्यास्तः १८ः ४४ । दिनमानः ३३ घडी । राहुकालः बिहान ९ः ०० देखि १०ः ३० बजेसम्म ।

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ )

तपाईँको तर्कको अगाडि कसैको केही लाग्दैन । कामको प्रगतिले मन प्रफुल्ल हुनेछ । आजको घुमफिरले अध्यात्मिक उर्जा दिनेछ । 

वृष (इ उ ए ओ बा बि बु बे बो )

आज मित्रसँग भेटघाट हुनेछ । दिनभरि मन आनन्दित हुनेछ । स्वस्थ्यमा आएको समस्यामा सुधार हुनेछ । कर्म क्षेत्र बलियो रहेको छ ।

मिथुन (का कि कु घ ङ छ के को ह )

आज रमाइलोसँग दिन बित्नेछ । पराक्रम बढ्नेछ । पाहुना भएर जाने अवसर मिल्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । आयआर्जनमा वृद्धि हुनेछ । 

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

अप्रत्यासित धनको नोक्सानी हुनेछ । गुमेको सामान पाउने सम्भावना कम देखिन्छ ।  धेरै परिश्रम गर्नु पर्नेछ । सोचविचारले काम गर्नुपर्नेछ । 

सिंह  ( मा मि मु मे मो टा टि टु टे )

कार्यक्षेत्रबाट राम्रो सदभाव मिल्नेछ  । सबैको प्रशंसा पाउनुहुनेछ । आपूmले चिताएको कुरा पूरा गर्न सफल हुनुहुनेछ  । छोटो यात्रा तथा खर्च हुने देखिन्छ ।

कन्या ( टो प पि पु ष ण ठ पे पो )

आजको समय कार्यक्षेत्रमै ब्यस्त भइएला । कामलाई पूर्ण सफल पार्न निकै परिश्रम गर्नुपर्ला । अरुले कामको सम्मान भने गर्नेछन् ।

तुला ( रि रु रे रो ता ति तु ते ) 

आजको कार्यको सिद्धिप्रप्तिको योग छ । धनागम हुने देखिन्छ । तपाईँको भाग्यको ढोका खुल्नेछ । 

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

अप्रिय खबर सुनेर मन चिन्तित होला । अत्याधिक खर्च हुने देखिन्छ । काम गरेको ठाउँमा पनि जस पाउने सम्भावना छैन । शत्रुपक्ष सबल रहनेछन् ।

धनु ( ये यो भा भि भु ध फा ढा भे )

साथीको साथ पूर्णरुपमा हुनेछ । परिश्रमपूर्वक गरेको कामबाट निराश हुनुपर्दैन । भाग्यले राम्रो दिनेछ । धर्मप्रति मन जानेछ । नयाँ सामान जोडिनेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

नजिकको मित्रसँग विवाद पर्नसक्छ । आत्मविश्वासका साथ काम गर्नुपर्ने हुन्छ । अनावश्यक सोचाइले मन एकोहोरो हुनेछ । विद्यामा सफलता पाइनेछ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

परिवारका साथ मनोरञ्जनमा दिन बित्नेछ । नयाँकार्यले सफलता प्राप्त हुन्छ । अरु मन सजिलै जित्न सकिनेछ । मन चञ्चल रहनेछ ।

मीन (दि दु थ झ ञ दे दो चा ची ) 

आजको दिन शत्रुहरुबाट जोगिनु पर्नेछ । शरीरमा आलश्यले डेरा जमाउनेछ । नयाँ सामानको खरिद भने गर्नुहुनेछ । खर्च अनि यात्रा हुनेछ । 

            
 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  ०६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update