Odapalika - The Fourth Estate - चौथो अंग
मधेशका थप ४ पालिकामा विस्तार भयो पोषण सुरक्षा कार्यक्रम 

काठमाडौँ । मधेश प्रदेशका ४ वटा स्थानीय तहमा खाद्य तथा पोषण सुरक्षा कार्यक्रम  विस्तार गरिएको छ । 

मधेशका ४ वटा जिल्लामा कार्यान्वयनमा रहेको यो कार्यक्रम धनुषा र महोत्तरीका बाढी प्रभावित गाउँपालिकाका गरिब तथा विपन्न कृषकलाई लक्षित गरेर लागू गरिएको छ ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर एकाइ धनुषाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीका अनुसार महोत्तरीको सम्सी र सोनमा गाउँपालिका तथा धनुषाको बटेश्वर र जनकनन्दनी गाउँपालिकामा  कार्यक्रम विस्तार भएको छ । 

दोस्रो चरणअन्तर्गतको कार्यक्रमका लागि छनोट भएका पालिकामा आर्थिक वर्ष सुरू भएको पहिलो महिनामा ५ सय ४० भइसकेका छन्  ।

पहिलो चरणअन्तर्गत धनुषाका मुखियापट्टी मुसहरनीया, धनौजी तथा महोत्तरीको पिपरा र एकडरा गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रम मधेस प्रदेशका सप्तरी तथा सिरहा जिल्लामा पनि सञ्चालन भइरहेको छ । 

यो कार्यक्रम विश्व बैंकको अनुगमन, खाद्य तथा कृषि सङ्गठनको प्राविधिक सहयोग, ग्लोबल एग्रीकल्चर फुड सेक्युरिटी कार्यक्रमको आर्थिक सहयोगमा संघीय सरकारले कार्यान्वयनमा ल्याएको हो । 
 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update