Odapalika - The Fourth Estate - चौथो अंग
देशभर बादल र वर्षा, सतर्क रहन विभागको आग्रह 

काठमाडौँ । मनसुनी वायुको प्रभावका कारण आज देशभर पाी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको कारण बागमती र गण्डकीसहितका प्रदेशमा साधारणदेखि पूर्णरुपमा मौसम बदली हुने विभागको भनाइ छ ।

अहिले बिहान बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा पानी पर्नेछ । राति नै कोसी र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि छ । 
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update