Odapalika - The Fourth Estate - चौथो अंग
कुन राशिमा कस्तो छ तिथि, नक्षत्र र राहुकालको प्रभाव ?

आजको पञ्चाङ्ग 

तिथिः सप्तमी । नक्षत्रः स्वाती । करणः गर । चन्द्रराशिः तुला । सूर्योदयः ५ः ३३ । सूर्यास्तः १८ः४३ । दिनमानः ३२ः ५६ घडी । राहुकालः बेलुका ४ः ३० देखि ०६ः ०० सम्म ।

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ )

आज परिवारको पूर्ण साथ रहनेछ । रमाइलो यात्रा सफलतापूर्वक पूरा हुनेछ । परिवार तथा सन्तानको खुसीमा मन उत्साहित हुनेछ ।

वृष (इ उ ए ओ बा बि बु बे बो )

यात्रामा केही कष्ठ हुनेछ । साथीहरुको किचकिच सहनु पर्नेछ । स्वस्थ्यमा समस्या आउन सक्नेछ । शत्रुले खर्च गराउनेछन् । 

मिथुन (का कि कु घ ङ छ के को ह )

आज भाग्यले पूरा साथ दिनेछ । तपाईँको धार्मिक यात्रा तथा मनोरञ्जनपूर्ण दिन हुनेछ । आत्मबल पनि बढ्नेछ ।

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

आज कर्म क्षेत्र बलियो रहनेछ । कामबाट प्रशंसा र सम्मान प्राप्त हुनेछ । किनमेलमा समय खर्चिनु पर्नेछ । पितृसुख प्राप्त हुनेछ ।

सिंह (मा मि मु मे मो टा टि टु टे )

आर्थिक प्रगति हुनेछ । सामाजिक कार्यमा संलग्न भइनेछ । जोश जाँगरले कठिन काम सजिलै बन्नेछ । अरुलाई प्रभावमा राख्न सकिनेछ ।

कन्या (टो प पि पु ष ण ठ पे पो)

गरेको कामबाट घाटा हुनेछ । सञ्चित धन नोक्सान हुनेछ । लेनदेनको कारण थोरै तनाव झेल्नुपर्ला । खर्च धेरै हुने देखिन्छ । सोचेर कार्य गर्नु पर्नेछ ।  

तुला  (र रि रु रे रो ता ति तु ते)

आजको दिन सुनौलो रहनेछ । कुनै नयाँ सामान प्राप्त हुने देखिन्छ । आजको यात्रामा सुखद हुनेछ । मान सम्मान प्राप्त हुनेछ । 

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

आज तपाईँको बोलीले नै काम बन्ने देखिन्छ । गरेको कामले पूर्ण सन्तुष्टि दिनेछ । बेलुकातिर भने मनोरञ्जनपूर्ण र रमाइलो दिन हुनेछ । 

धनु ( ये यो भा भि भु ध फा ढा भे )

आज पराक्रमले काम बन्नेछ । कारोबारले सन्तुष्ट दिने देखिन्छ । नयाँ कार्य हुने देखिन्छ । यात्रा सुखद हुनेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

भूमि सम्बन्धि कामले फाइदा हुनेछ । खर्चिलो दिन रहेको छ । सोचविचार गरेर मात्र काम गर्नुपर्नेछ । रमाइलो भेटघाट हुनेछ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

विद्यामा पूर्ण सफल भइनेछ । उपयोगी सामानको खरिद हुनेछ । सन्तान सुख हुनेछ । महत्वपूर्ण कार्य बन्नेछन् । मन उत्साहित हुनेछ ।  

मीन (दि दु थ झ ञ दे दो चा ची ) 

आज सानासाना कुरामा विवाद हुनसक्छ । संयमता अपनाउनु पर्नेछ । धैर्यताको साथ लिएर काम गर्नुहोला । स्वस्थ्यमा गडबढी हुनेछ । शत्रुपक्ष सबल रहनेछन् । 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update