Odapalika - The Fourth Estate - चौथो अंग
भानु नगरपालिकाका विद्यालयमा स्थानीय पाठ्यक्रम पढाइदै 

काठमाडौँ । तनहुँको भानु नगरपालिकाका विद्यालयमा स्थानयि पाठ्यपुस्तक पढाइ हुन थालेको छ । नगरपालिकाले कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यपुस्तक ‘हाम्रो भानु’ लागू गरेको हो । 

नगरको शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले शैक्षिक क्षेत्रमा पहिलो चरणमा गत शैक्षिकसत्रमा कक्षा १ देखि ५ सम्म र चालु शैक्षिकसत्रमा कक्षा ६ देखि ८ सम्मका लागि पाठ्यपुस्तक निर्माण गरी सबै विद्यालयमा वितरण गरेको बताए ।

आधारभूत तह कक्षा १–८ सम्म नै पाठ्यपुस्तक तयार गरी कार्यान्वयनमा ल्याउने भानु तनहुँ जिल्लाको पहिलो स्थानीय तह बनेको छ ।

स्थानीय जनप्रतिनिधि,  शिक्षकका पेशागत सङ्गठन, प्रधानाध्यापक, शिक्षक, बुद्धिजीवीलगायतको सहयोगमा निर्माण गरिएको पाठ्यक्रममा भानुको मौलिक पहिचान जनाउने विषय समावेश गरिएको छ ।

यसले बालबालिकाको सिकाइ उपलब्धि सुधार हुने अपेक्षा गरिएको नगरप्रमुख आनन्दराज त्रिपाठीको भनाइ छ ।  नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको योगदानलाई प्रचारप्रसार गर्ने उद्धेश्यसहित पाठ्यपुस्तक तयार गरिएको उनले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update