Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँका मेयरको सचिवालयमा ६७ लाख ७७ हजारको फर्निचर राखिदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरको सचिवालयमा नयाँ फर्निचर राखिने भएको छ । महानगरले टेण्डर आव्हान गरेर नयाँ फर्निचर राख्न लागेको हो ।

महानगरले नयाँ फर्निचर राख्नको लागि ठेक्का पनि लागिसकेको छ । महानगरको खरिद इकाइले दिएको जानकारी अनुसार मेयरको सचिवालयको लागि ६७ लाख ७७ हजारको फर्निचर खरिद गर्ने टेण्डर स्वीकृत भइसकेको छ ।

सो टेण्डर यादव रेफ्रिजेरेसन प्रालिले पाएको छ । सचिवालयको लागि नयाँ सामानहरु आवश्यक परेकोले खरिद गर्न लागिएको महानगरले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update