Odapalika - The Fourth Estate - चौथो अंग
स्नातक अध्ययन गर्ने विद्यार्थीको भर्ना स्थानीय तहले गरिदिने

गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकाले स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीको भर्ना गरिदिने भएको छ । नगरपालिकाले सदरमुकाम तम्घासस्थित रेसुंगा बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्न चाहने विद्यार्थीको भर्ना गरिदिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले वडापालिकाले जनाएको छ । 

‘रेसुंगा क्याम्पसमा स्नातक अध्ययन गर्न चाहने विद्यार्थीको भर्ना गरिदिने भएका हौँ,’ उनले भने, ‘यसले विद्यार्थीको अध्ययन गर्ने चाहनामा सहयोग पुग्ने अपेक्षा पूरा हुनेछ ।’ 

उनका अनुसार स्नातक तहको पहिलो वर्षको भर्ना शुल्क ६ हजार १५० रुपैयाँ रहेको छ । यो वर्ष करिब दुई सय विद्यार्थीको भर्ना गरिदिने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत पल्लीले बताए । 

विद्यार्थीको भर्ना गरिदिँदा विद्यार्थी र क्याम्पसलाई पनि आर्थिक सहयोग पुग्ने उनको भनाइ छ । 

हाल रेसुंगा हुमुखी क्याम्पसमा विभिन्न तहमा ७७९ जना विद्यार्थी अध्ययनरत छन् । 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update